काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचकहरू बढेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा २१.६२ अंकले बढेर २६३८ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन नेप्से २ अंकले बढेको थियो ।
परिसूचक बढे पनि कारोबार रकम भने घट्दो क्रममा देखिएको छ । अघिल्लो दिन ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब २३ करोड रुपैयाँमा सीमित रह्यो । आइतबार भने ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटाको घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहतर्फ होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.०२ प्रतिशतले बढ्यो । बैंकिङ ०.३०, विकास बैंक १.११, फाइनान्स ०.६४, हाइड्रोपावर १.२७, लगानी ०.६१, जीवन बीमा ०.७०, उत्पादन तथा प्रशोधन १.७६, माइक्रोफाइनान्स ०.७९, निर्जीवन बीमा ०.५२, अन्य ०.३३ तथा व्यापार समूह १.४९ प्रतिशतले बढेका छन् ।
कम्पनीतर्फ साल्पा विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स ९.३१, हिमालयन पावर पार्टनर ९.१५, सागर डिस्टिलरी ८.९६ तथा बन्दीपुर केबुलकार ८.३४ प्रतिशतले बढेका छन् ।
यता नेपाल एसबीआई बैंकको सेयर मूल्य सबैभन्दा धेरै ३.५८ प्रतिशतले घट्यो ।
धेरै कारोबार हुने कम्पनीहरूमा एसवाई प्यानल, आँखुखोला जलविद्युत् कम्पनी, राधि विद्युत्, ङादी ग्रुप पावर र रिडी पावर कम्पनी रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया