धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

170 Shares

काठमाडाैं । सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै तत्काल रिहा नगर्ने आदेश दिएको हो।

अदालतका सह–रजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्चले बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेशसमेत गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो। पक्राउपछि शावित्रीकुमारी वलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंलगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।