घुँडाको जटिल शल्यक्रियाका लागि सावित्रा ‘साम्बा’को सहयोग अपिल

136 Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले जटिल शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने जानकारी दिएकी हुन्। यसअघि गरिएको एसीएल शल्यक्रियामा हालिएको ग्राफ्ट र एमसीएल दुवैमा पुनः गम्भीर चोट लागेकाले अर्को जटिल शल्यक्रिया आवश्यक भएको उनले बताएकी छन्।

उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि उनले गरेकी छन्। एन्फा नेतृत्वबाट वाचा गरिएको सहयोगसमेत प्राप्त नभएकाले शल्यक्रिया प्रक्रिया ढिलाइ हुने अवस्था आएको उनको भनाइ छ।

घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेपछि अस्ट्रेलियन शीर्ष डिभिजन लिग खेल्न न्युजिल्यान्ड गएकी सावित्रा गत सात हप्तादेखि मैदानबाहिर रहेकी छन्