काठमाडौं । लगातार तीन दिनको गिरावटपछि सोमबार सेयर बजारमा झिनो सुधार देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा २.४१ अंकले बढेर २६१६ अंकमा कायम भएको छ। यसअघि आइतबार नेप्से २७.५९ अंकले घटेको थियो।
कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ।
समग्र सूचक बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ। १४० कम्पनीको सेयर मूल्य घट्दा ११३ वटाको बढ्यो भने ९ वटाको स्थिर रह्यो।
क्षेत्रगत सूचकतर्फ बैंकिङ ०.२८, विकास बैंक ०.९०, फाइनान्स ०.५६, लगानी ०.३७, जीवन बीमा ०.०७ तथा अन्य समूह ०.०८ प्रतिशतले बढे। होटल तथा पर्यटन ०.३५, हाइड्रोपावर ०.२३, उत्पादन तथा प्रशोधन ०.०६, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.०३ प्रतिशतले घटे।
आज साल्पा विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स ९.२८, सपोर्ट माइक्रोफाइनान्स ६.१०, नेपाल एसबीआई बैंक ६ तथा हिमस्टार ऊर्जा कम्पनी ५.९६ प्रतिशतले बढे।
घट्ने कम्पनीतर्फ मोलुङ हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशतले घट्यो।
धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, एसवाई प्यानल, सीईडीबी होल्डिङ्स तथा ङादी ग्रुप क्रमशः अगाडि रहे।
फेसबुकबाट तपाईको प्रतिक्रिया