सरकारी सेवा प्रभावकारी नहुँदा नागरिक विदेश पलायन: मन्त्री कुमार इङ्नाम

160 Shares

काठमाडौं: काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नहुँदा नेपाली नागरिक विदेश पलायन भइरहेको बताएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री इङ्नामले भूमि, मालपोत र नापी जस्ता क्षेत्र आम सर्वसाधारणको प्रत्यक्ष सरोकारको विषय भएकाले ती क्षेत्रमा सुशासन कायम गर्न सके सकारात्मक सन्देश जाने र राजस्वसमेत वृद्धि हुने धारणा व्यक्त गरे।

उनका अनुसार भूमि, मालपोत र नापी कार्यालयहरूमा हुने घुसको लेनदेनले आम नागरिक निराश बनेका छन्। यस्ता निकायमा सुशासन कायम गर्नु अत्यावश्यक रहेको उनले जोड दिए।

मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरले राजस्वमा करिब ५० अर्ब रुपैयाँसम्मको फरक पार्ने दाबी गरे।

उनले प्रभावकारी सेवा प्रवाह र पारदर्शितामार्फत नागरिकको विश्वास जित्न सकिने उल्लेख गरे।