सहकारी पीडितले पोखरामा रास्वपा उम्मेदवारलाई ८० हजार रुपैयाँको विद्यालय बिल बुझाए

184 Shares

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सहकारीको रकम दुरुपयोग गरेको आरोप लगाउँदै सहकारी पीडितले पोखरामा रास्वपा उम्मेदवारलाई विद्यालयको बिल बुझाएका छन्।

पोखरा मा शनिबार आयोजित उम्मेदवारसँगको संवाद कार्यक्रममा सूर्यदर्शन सहकारीका बचतकर्ता कृष्णप्रसाद जैसी ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार बिना गुरुङ लाई आफ्नो छोराको विद्यालयको बिल थमाउनुभएको हो।

आफ्नो बचत हिनामिना हुँदा विद्यालयको बिल तिर्न नसकेको भन्दै जैसीले ८० हजार रुपैयाँको बिल उम्मेदवार गुरुङलाई बुझाएको जिकिर गर्नुभयो। उहाँका अनुसार आफ्नो छोराले वार्षिक परीक्षा दिन नपाउने अवस्था सिर्जना भएको छ।

उम्मेदवार गुरुङले भने उक्त बिल पार्टी सभापति रवि लामिछानेलाई बुझाउने प्रतिबद्धता जनाउनुभएको थियो।