काठमाडौं । निर्वाचन आयोग ले बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न निर्वाचनका उम्मेदवारलाई ताकेता गरेको छ।
हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धी सबै खर्च सोही खाताबाट गर्नुपर्ने भएकाले खाता खोल्न बाँकी रहेका उम्मेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो।
सार्वजनिक बिदाका कारण पनि खाता खोल्न उम्मेदवारहरूलाई असहज हुनसक्ने देखिएको भन्दै आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीस ले यसमा ढिलाइ नगर्न आग्रह गर्नुभयो।
आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारहरूले छुट्टै बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया