काठमाडौं । निर्वाचन आयोग नेपालले बैंक खाता खोल्ने काम ढिलाइ नगर्न राजनीतिक दल र उम्मेदवारलाई ताकेता गरेको छ।
आयोगले चुनाव प्रचार–प्रसार सम्बन्धी सबै खर्च नयाँ खातामार्फत गर्नुपर्ने व्यवस्था रहेकाले बाँकी उम्मेदवारलाई तत्काल खाता खोल्न स्मरण गराएको हो। आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले शुक्रबार आइतबार र सोमबारसम्ममा अधिकांश उम्मेदवारले खाता खोलिसक्ने अपेक्षा आयोगको रहेको बताइन्।
निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले अनिवार्य रूपमा बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था आयोगले लागू गरेको छ।
आयोगका अनुसार हालसम्म ७ वटा राजनीतिक दल र ८ सय ६७ जना उम्मेदवारले बैंक खाता खोलिसकेको जानकारी प्राप्त भएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया