निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीका १ हजार ६ सय बढी जनशक्ति परिचालन

157 Shares

काठमाडौंसशस्त्र प्रहरी बल नेपाल मुख्यालयबाट चुनावी सुरक्षाका लागि १ हजार ६ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

मुख्यालय हलचोक बाट शुक्रबार देशका विभिन्न जिल्लामा जनशक्ति पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापा ले जानकारी दिएका छन्।

यसैबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगर ले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन क्षेत्रमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिएका छन्।

‘भर्चुअल’ माध्यमबाट उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानकै रूपमा लिएर जिम्मेवारीपूर्वक खटिन निर्देशन दिएका छन्।