झण्डा जलाएको घटनामा रास्वपाको खण्डन, छानबिन गरी दोषीलाई कारबाही गर्न माग

152 Shares

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमाले को झण्डा आफूहरूले नजलाएको जनाएको छ। साथै झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

बिहीबार राति तुलसीपुर बजारमा एक समूहले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको घटना सार्वजनिक भएको थियो। यस घटनापछि एमाले दाङ जिल्ला अध्यक्ष शिव कुमार आचार्य ले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताले झण्डा जलाएको आरोप लगाउँदै यसलाई ‘अपरिपक्वताको पराकाष्ठा’ बताएका थिए।

यता रास्वपा सभापति रवि लामिछाने ले भने एमालेको आरोपको खण्डन गरेका छन्। त्यसैगरी रास्वपा दाङ जिल्ला सभापति बिनय घिमिरे ले पनि विज्ञप्ति जारी गर्दै झण्डा जलाउने घटनामा पार्टीको कुनै संलग्नता नरहेको बताएका छन्।

रास्वपाले आफ्नो बढ्दो जनसमर्थन धुमिल बनाउने उद्देश्यले यस्तो निन्दनीय घटना गराइएको हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

RSP-Dang.jpg