136
Shares
काठमाडौं ।नेपाल सरकार ले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले छत खोलेर हिँड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालय की सहप्रवक्ता रमा आचार्य ले जानकारी दिइन्। उनका अनुसार उम्मेदवारहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो।
बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी का महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल का महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग का प्रमुख तथा नेपाली सेना का प्रतिनिधि सहभागी थिए।
बैठकमा आगामी निर्वाचनका गतिविधि र सुरक्षा तयारीबारे पनि थप छलफल भएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया