142
Shares
राहदानी विभाग ले सार्वजनिक बिदाका दिन पनि सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै बुधबार र बिहीबार सार्वजनिक बिदा भए पनि राहदानीसम्बन्धी सेवा उपलब्ध गराइने जानकारी दिएको हो। बुधबार ग्याल्पो ल्होसार र बिहीबार प्रजातन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
सूचना अनुसार दुवै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ। बुधबार राहदानी वितरण सेवा प्रदान गरिनेछ भने बिहीबार राहदानी आवेदन फारम संकलन गरिने बताइएको छ।
राहदानी सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गरिने विभागले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया