राप्रपा सरकारसँग दुर्गा प्रसाईंको विनाशर्त रिहाइको माग

139 Shares

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई विनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

पार्टीको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री ओमप्रकाश अर्याल लाई भेटेर प्रसाईंको पक्राउ संविधानसम्मत नभएको भन्दै तत्काल रिहाइको अनुरोध गरेको हो। पार्टीका कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापा का अनुसार नेताहरुले मौलिक हकको प्रयोगका आधारमा पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा राखेका थिए।

जवाफमा गृहमन्त्री अर्यालले प्रसाईंविरुद्ध मुद्दा प्रहरी अदालतमा पुगेको उल्लेख गर्दै अदालतबाटै टुङ्गो लाग्ने जानकारी दिनुभएको छ।

निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई प्रहरीले सोमवार पक्राउ गरेको थियो। यसअघि नेपाल प्रहरी साइबर ब्युरो ले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा माघ १९ गते उनलाई पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार माघ २५ मा हाजिरी जमानीमा छुटेका प्रसाईंलाई अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।