151
Shares
काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ। सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन मंगलबार थप ९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै मंगलबार चाँदीको भाउमा भने बढोत्तरी देखिएको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार भने चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया