प्रतिनिधि सभा निर्वाचनमा बैंक खाता अनिवार्य, खर्चमा पारदर्शिता र महिला सुरक्षा सुनिश्चित

150 Shares

काठमाडौंनिर्वाचन आयोग नेपाल ले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचार–प्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

आयोगका सचिव कृष्णबहादुर राउत ले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जानकारी दिनुभएको हो। आयोगले निर्वाचन तयारीलाई तीब्रता दिँदै निर्वाचन खर्च र महिला सुरक्षाका विषयमा नयाँ मापदण्डहरू सार्वजनिक गरेको बताउनुभयो।

सचिव राउतका अनुसार निर्वाचनलाई जनउत्तरदायी र विश्वसनीय बनाउन आर्थिक पारदर्शिता पहिलो शर्त हो। आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गर्दै सबै उम्मेदवारलाई छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ।

त्यसैगरी, आयोगले निर्वाचन प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महिला उम्मेदवार र मतदातामाथि हुने हिंसा, डर र त्रास न्यूनिकरणका लागि साझा प्रतिवद्धता आह्वान गरेको छ। सचिव राउतले भने, “निर्वाचन केवल जनप्रतिनिधि चयन गर्ने माध्यम मात्र नभई लोकतन्त्रको आधारभूत स्तम्भ हो, त्यसैले यसलाई स्वच्छ र निष्पक्ष बनाउन राजनीतिक दलहरूको सहकार्य अपरिहार्य छ।”