काठमाडौं । उद्योग विभाग का अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता साना उद्योग क्षेत्रमा देखिएको छ ।
७ महिनाको अवधिमा कृषि क्षेत्रका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ, उत्पादनमूलक ३५ परियोजनामा २ अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै, सेवामूलक ३४ परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ तथा सूचना प्रविधि क्षेत्रका २ सय ८८ परियोजनामा १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । साथै २ खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
माघसम्म अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको विभागले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ अर्ब रुपैयाँले बढी हो ।
गत आर्थिक वर्षको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबर वैदेशिक लगानी स्वीकृत भएको थियो । विभागका अनुसार माघसम्म कुल ५ सय २५ वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया