सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्यमा सामान्य गिरावट

170 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यस्तै आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।