पूर्वराजा ज्ञानेन्द्र शाह लाई काठमाडौं विमानस्थलमा स्वागत

138 Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भेला भएका छन्। समर्थकहरूले विभिन्न नारासहित पूर्वराजाको स्वागत गरिरहेका छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन्। उनी समर्थकहरूलाई बाहिर राखेर भित्र प्रवेश गरेका छन् र पूर्वराजालाई लिएर आएका छन्।

निर्मल निवाससम्म पुग्ने क्रममा सुरक्षा कडा बनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई का अनुसार विमानस्थलदेखि निर्मल निवाससम्म सुरक्षा व्यवस्था मजबुत गरिएको छ।

काठमाडौंका विभिन्न चोक–चोकमा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पूर्वराजा शाह हाल झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आइरहेका छन्। राप्रपा लगायतका राजवादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन्।