काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा असामान्य वृद्धि देखिएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार भने यही सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले बढेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ५ हजार ६ सय रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ६५ रुपैयाँ बढी हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। बुधबार सुन प्रतिऔंस ५ हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको जनाएको छ।






फेसबुकबाट तपाईको प्रतिक्रिया