राष्ट्रपति पौडेल माघ १८ गते जापान भ्रमणमा जाने

174 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते (आइतबार) जापान भ्रमणमा जाने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

अर्यालका अनुसार उक्त प्रतिनिधिमण्डल माघ १८ देखि २१ गतेसम्म जापानमा रहनेछ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका हुन्।

“नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ,” गृहमन्त्री एवं सरकारका प्रवक्ता अर्यालले बताएका छन्।