काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार पनि घटेको छ। सोमबार ३.०७ अंक घटेको नेप्से, मंगलबार ४२.५८ अंक घटेर २,७२६.५१ बिन्दुमा बन्द भएको छ।
हालको बजारमा नेप्से सूचक घट्ने-बढ्ने भए पनि कारोबार रकम उच्च रहेको छ, जसले लगानीकर्ताबीच बजार उत्साह कायम रहेको संकेत गर्छ। सोमबार १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ।
मंगलबार नेप्सेमा ३३३ कम्पनीको १ लाख ४२ हजार ४७४ कारोबारबाट ३ करोड २ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। कारोबारमा २२४ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार नकारात्मक बनेको छ।
समूहगत परिसूचकमा गिरावट:
बैंकिङ: २१.०९ अंक
विकास बैंक: ५९.९८ अंक
वित्त: ६४.५० अंक
लगानी: १.८३ अंक
जीवन बीमा: २४९.६६ अंक
लघुवित्त: ७३.१४ अंक
निर्जीवन बीमा: १९९.४१ अंक
अन्य: ४८.२२ अंक
व्यापार: १९.६० अंक
होटल: १४७.८८ अंक
जलविद्युत्: ५०.८ अंक
उत्पादनमूलक: १३४ अंक
यद्यपि, सामूहिक लगानी कोषको सूचकमा कुनै परिवर्तन आएन। नेप्सेमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सबैभन्दा बढी वृद्धि सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा देखियो, जुन ८.५६ प्रतिशतले बढेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया