काठमाडौं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारका नाममा छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै यस्तो व्यवस्था मिलाउन भनेको हो। आयोगको सिफारिसअनुसार खोलिने उक्त खाता निर्वाचन आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहने उल्लेख गरिएको छ।
सूचनाअनुसार, आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयको सिफारिसका आधारमा खाता खोल्न सकिनेछ।
केन्द्रीय बैंकले प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार, साथै स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया