188
Shares
काठमाडौं । पार्टी परित्याग गरी सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कारबाही गरेको छ ।
साह नेकपाबाटै प्रतिनिधिसभा सदस्यका लागि टिकटका आकांक्षी थिए । टिकट नपाएपछि उनले पार्टी छाडेर सोही क्षेत्रबाट एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।
साह तत्कालीन नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्ज थिए । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायत दलहरू एकीकृत भई नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए ।
सिरहा–४ मा नेकपाका आधिकारिक उम्मेदवार अजयशंकर नायक रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया