देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिए, रेशमलाल चौधरीको उम्मेदवारी खारेज

198 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५ जना उम्मेदवारविरुद्ध दाबी–विरोध परेको थियो। तीमध्ये एक जनाको उम्मेदवारी खारेज गरिएको छ।

आयोगले नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको जनाएको छ। अन्य उम्मेदवारको दाबी–विरोध सम्बन्धी प्रक्रिया भने प्रचलित कानुनी प्रावधानअनुसार टुंग्याइएको आयोगले जनाएको छ।