164
Shares
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको प्रतिनिधिसभा उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए।
यसअघि आयोगमा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। तीमध्ये तीन उजुरी खारेज भइसकेका छन्। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्धका उजुरी खारेज भएका छन्। साथै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाटको उम्मेदवारीविरुद्धको उजुरी पनि खारेज गरिएको छ।
त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्ध परेको उजुरीबारे भने आयोग हाल छलफलमा रहेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया