काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा सञ्चालित उक्त कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइ गरिनेछ।
६ वटा डेस्क रहेको कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। मतदाता तथा सरोकारवालाले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर जानकारी लिन सक्नेछन्।
आयोगका अनुसार एकै पटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने व्यवस्था गरिएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया