काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म देशभर २ हजार ६५५ उम्मेदवारी दर्ता भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसमध्ये महिलाको संख्या केवल ३०३ मात्रै रहेको छ भने पुरुष उम्मेदवार २ हजार ३५२ रहेका छन्।
साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र कार्यालय प्रवेश गरेका उम्मेदवारहरूले पनि दर्ता गराउन पाउनेछन्। कतिपय जिल्लामा रातिसम्म पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहने निर्वाचन आयोगले जनाएको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको थियो भने प्रत्यक्षतर्फको मनोनयन आज सम्पन्न भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया