काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ।
पार्टीका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार चयन भइसकेको छ। कालिकोट र मुगुमा भने उम्मेदवार टुंग्याउन अझै बाँकी रहेको नेकपाले जनाएको छ। अन्य प्रदेशका उम्मेदवारको नाम आइतबार नै टुंगो लगाइने पनि पार्टीले जानकारी दिएको छ।
अछाम–१ : डा. भीम रावल
अछाम–२ : शरदसिंह भण्डारी
कञ्चनपुर–१ : विना मगर
कञ्चनपुर–२ : लालबहादुर खड्का
कञ्चनपुर–३ : मानबहादुर सुनार
कैलाली–१ : रामलाल थारु डगौरा
कैलाली–२ : राजेन्द्र साउद
कैलाली–३ : वीरमान चौधरी
कैलाली–४ : हरिराम चौधरी ‘उत्सव’
कैलाली–५ : प्रेमबहादुर आले
डडेलधुरा–१ : मानसिंह माल
दार्चुला–१ : लक्ष्मणदत्त जोशी
बझाङ–१ : मीनबहादुर कुँवर
बैतडी–१ : परमानन्द भट्ट
डोटी–१ : त्रिलोचन भट्ट
बाजुरा–१ : प्रकाशबहादुर शाह
डोल्पा–१ : धनबहादुर बुढा
दैलेख–१ : अम्बरबहादुर थापा
दैलेख–२ : योगेन्द्रबहादुर शाही
सुर्खेत–१ : जीतबहादुर राना
सुर्खेत–२ : झगबहादुर मल्ल
जुम्ला–१ : नरेश भण्डारी
रुकुम पश्चिम–१ : गोपाल शर्मा ‘अनल’
सल्यान–१ : प्रकाश ज्वाला
हुम्ला–१ : डा. दीपेन्द्र रोकाय
कालिकोट–१ : टुंगिन बाँकी
मुगु–१ : टुंगिन बाँकी
फेसबुकबाट तपाईको प्रतिक्रिया