बानेश्वरमा प्रतिनिधिसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना

160 Shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको तयारीको क्रममा बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत कार्यालय स्थापना गरिएको हो। आयोगले भनेको छ,

“निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन कार्यालय स्थापना गरिएको हो।”

कार्यालय स्थापनासँगै निर्वाचन तयारी अझ व्यवस्थित रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

mukhya-nirbachan-adhikritk-office-ktm-1-baneshore-.png