गगन थापा नेतृत्वको कांग्रेस विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा

170 Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितका पदाधिकारी बिहीबार निर्वाचन आयोग पुगेका छन्।

केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टी विवरण अद्यावधिक गर्न आयोग पुगेका उनीहरूले विशेष महाधिवेशनका निर्णय र सम्बन्धित कागजात बुझाउने तयारी गरेका छन्।

बुधबार राति भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।