बालेनका लागि झापामा सम्पर्क कार्यालय सञ्चालनमा, झापा–५ बाट उम्मेदवारीको तयारी

172 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का लागि झापामा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

झापा–५ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यसअघि निरन्तर जित्दै आएका ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी बालेनले गरिरहेको रास्वपा नेताहरूले बताएका छन् ।

यस तयारीलाई औपचारिकता दिँदै सोही क्षेत्रमा बालेनका लागि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो ।