कांग्रेसले सभापति गगन थापाको तस्बिर पार्टी वेबसाइटबाट हटायो

144 Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ ।

१४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाइएको हो । थापासँगै तत्कालीन महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नामसमेत वेबसाइटबाट हटाइएको छ ।

भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्ला मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए ।

यसअघि बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।