बीएससी पुनः प्रवेश परीक्षा माग्दै त्रिवि विज्ञान संकायमा तोडफोड

198 Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन शंकर खनालको कार्यकक्षसहित संकाय कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेका छन् ।

कार्यालयका अनुसार बीएससी कार्यक्रमको पुनः प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थीले कुर्सी, टेबल तथा गमाला फुटाएका हुन् ।

घटनापछि प्रहरी वृत्त कीर्तिपुरको टोली घटनास्थलमा पुगे पनि तोडफोडमा संलग्न व्यक्तिहरू हालसम्म पक्राउ परेका छैनन् ।

डिन कार्यालयले भने बीएससी कार्यक्रमका लागि तोकिएको सिट संख्या पूरा भइसकेकाले पुनः प्रवेश परीक्षा सञ्चालन गर्न सम्भव नभएको स्पष्ट पारेको छ ।