देउवाको पत्र निर्वाचन आयोगमा दर्ता, कांग्रेसभित्र विवाद थप चर्कियो

153 Shares

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहका नेता शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा पुगेको छ । आयोग स्रोतका अनुसार उक्त पत्र औपचारिक रूपमा दर्ता भइसकेको भए पनि पत्रको विषयवस्तु सार्वजनिक गरिएको छैन ।

यसैबीच, विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले केहीबेरअघि सम्बोधन गर्दै निर्वाचन आयोगमा पत्र पठाइनु आफूहरूलाई अलमल्याउने उद्देश्यले गरिएको कदम भएको आरोप लगाएका छन् । उनले निर्वाचन आयोगले भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको भेलालाई नै आधिकारिक रूपमा मान्यता दिने विश्वास व्यक्त गरे ।

थापाले यस्तो पत्राचारका कारण आन्दोलन प्रभावित नहुने स्पष्ट पार्दै महाधिवेशन आफ्नो एजेन्डाअनुसार अगाडि बढ्ने बताएका छन् ।

नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवादका बीच निर्वाचन आयोगमा पुगेको देउवाको पत्रले पार्टी राजनीतिमा थप तरंग सिर्जना गरेको छ ।