171
Shares
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले नेता गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो ।
दुईजना महामन्त्री रशने वैधानिक व्यवस्था भएको कांग्रेसको विशेष महाधिवेशनमा घिमिरे र पौडेलको मात्रै उम्मेदवारी परेसँगै उनीहरु निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ ।
कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका पौडेल महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया