काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले वर्तमान केन्द्रीय समिति भंग गर्न माग गर्दै महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रदर्शन गरेका छन्।
विशेष महाधिवेशनमा सहभागी कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरूले नाराबाजीसहित प्रदर्शन गर्दै वर्तमान कार्यसमिति भंग गरी नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा खासै लचकता नदेखाएको समाचार सार्वजनिक भएपछि विशेष महाधिवेशन पक्षधरहरूले महामन्त्री गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन्।
प्रदर्शनकारीहरूले गगन–विश्व समूहलाई सभापति शेरबहादुर देउवाका ‘झुटा आश्वासन’मा नफस्न चेतावनीसमेत दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया