158
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहेको छ । केहीबेरदेखि काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको विशेष महाधिवेशनमा नेताहरूको आगमन सुरु भएको छ ।
महाधिवेशन स्थलमा महामन्त्री गगन थापा पनि केहीबेर अघि पुगेका छन् । काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित आएका नेता तथा कार्यकर्ताहरू अहिले भृकुटीमण्डपमा सहभागी भइरहेका छन् । पार्टीभित्र चर्को आन्तरिक विवादका बीच आयोजना गरिएको यो विशेष महाधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
महाधिवेशन स्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । मञ्चमा कुर्सी नराखी केही कुसनहरू मात्र राखिएको छ भने दर्शकदीर्घामा महाधिवेशन प्रतिनिधि तथा नेता–कार्यकर्ताका लागि कुर्सीको व्यवस्था गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया