विशेष महाधिवेशन पक्षधरको पदयात्रा होमनाथ दाहालको निधनप्रति श्रद्धाञ्जलीमा स्थगित

196 Shares

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज आयोजना गर्ने भनिएको पदयात्रा स्थगित गरिएको छ।

विशेष महाधिवेशनको प्रचार–प्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय गरिएको थियो। तर, कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो कार्यक्रम स्थगित गरिएको हो।

विशेष महाधिवेशन पक्षधरले पत्रकारहरूसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति सम्मान व्यक्त गर्दै शोकको समयमा कार्यक्रम नगर्ने निर्णय गरेको जानकारी दिएका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्।