काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, ठूलो (भारतीय) १२०, सानो (लोकल) ८०, सानो (टनेल) १००, सानो (भारतीय) १०० र सानो (तराई) ११० रुपैयाँ कायम गरिएको छ। आलु रातो प्रतिकिलो ३२, आलु रातो (भारतीय) २६ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ तोकिएको छ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो ८०, गाजर (तराई) ६५, बन्दा (लोकल) ५५, बन्दा (तराई) ५०, बन्दा (नरिवल) ५०, काउली स्थानीय ९०, काउली स्थानीय (ज्यापू) १००, काउली तराई ७०, रातो मूला ४०, सेतो मूला (लोकल) २०, सेतो मूला (हाइब्रिड) २५, भन्टा लाम्चो ७५, भन्टा डल्लो ७५ र मकै बोडी प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ८०, घिउ सिमी (लोकल) १३०, घिउ सिमी (हाइब्रिड) ११०, घिउ सिमी (राजमा) ७०, टाटे सिमी १००, तिते करेला १३०, लौका ९०, परवर (तराई) २२०, घिरौँला १२०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५५, सलगम ८०, भिन्डी १३०, सखरखण्ड ७०, बरेला ७० र पिँडालु ८० रुपैयाँ कायम गरिएको छ।
सागसब्जीअन्तर्गत रायो साग प्रतिकिलो ४०, पालुङ्गो ८०, चमसुर ८०, तोरीको साग ५०, मेथीको साग ८०, हरियो प्याज ६०, बकुला ११०, तरुल ८० रुपैयाँ रहेको छ। च्याउमा कन्य च्याउ प्रतिकिलो १६०, डल्ले च्याउ ४५०, राजा च्याउ ३०० र सिताके च्याउ १ हजार रुपैयाँ तोकिएको छ।
ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर ८०, रातो बन्दा २२०, जिरीको साग १५०, गाँठकोभी ८०, सेलरी ३००, पार्सले ७००, सौफको साग ८०, पुदिना ३००, गान्टेमुला ८०, इमली १८०, तामा १२०, तोफु १५० र गुन्द्रुक ४०० रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ रुख टमाटर प्रतिकिलो २५०, स्याउ (झोले) २८०, स्याउ (फुजी) ३५०, केरा (दर्जन) २००, कागती १००, अनार ३५०, सुन्तला (नेपाली) १४०, तरबुजा हरियो १००, मौसम १२०, जुनार १२० र काँक्रो (लोकल) प्रतिकिलो ११० रुपैयाँ तोकिएको छ।
काँक्रो (हाइब्रिड) ८०, निबुवा ७०, नास्पाती (चाइनिज) २३०, मेवा (नेपाली) ७०, मेवा (भारतीय) ११०, लप्सी ८०, किनु १२०, स्ट्रबेरी ५००, किबी ३०० र एभोकाडो ३०० रुपैयाँ निर्धारण गरिएको छ।
मसलातर्फ अमला प्रतिकिलो ८०, अदुवा ९०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी १२०, हरियो खुर्सानी (बुलेट) १३०, हरियो खुर्सानी (अकबरे) ४५०, हरियो खुर्सानी (माछे) १००, भेडे खुर्सानी ९०, हरियो लसुन १००, हरियो धनियाँ ८०, लसुन सुकेको (चाइनिज) ३२० र लसुन सुकेको (नेपाली) प्रतिकिलो २२० रुपैयाँ रहेको छ।
यसैगरी, छ्यापी सुकेको १६०, छ्यापी हरियो २००, सुकेको माछा १,०००, ताजा माछा (रहु) ३४०, ताजा माछा (बचुवा) २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ तोकिएको समितिले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया