175
Shares
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६, तिवारीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा २३ वर्षीया आयुषा सिखंडाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो बा ५ ख २५६२ नम्बरको बसले प्रदेश ३-०२०१३ प ९५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया