153
Shares
काठमाडौं। काठमाडौंका नदी र खोला किनारमा थप २० मिटर क्षेत्रमा संरचना निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन माग गरिएको मुद्दामा अदालतले बिहीबार मिसिल झिक्ने आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो। यसअघि बागमतीसहितका सहायक नदीहरूको दुवै किनारमा २० मिटर थप तटीय क्षेत्र कायम गर्ने परमादेश जारी गरिएको थियो।
सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले स्थानीय बासिन्दा प्रभावित हुने भन्दै पुनरावलोकन माग गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया