माओवादीबाट निर्वाचित प्रदेश सांसद रहबर अन्सारीद्वारा पार्टी परित्याग

157 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गरेका छन्।

रातो अक्षरमा लेखिएका ‘इन्कलाब’का पंक्तिहरू स्मरण गराउँदै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै माओवादी छाडेको घोषणा गरेका हुन्। अन्सारीले पत्रमा प्रचण्डलाई ‘माओवादी केन्द्रका पूर्व अध्यक्ष’ भनेर उल्लेख गरेका छन्।

प्रचण्डले माधवकुमार नेपाललगायतसँग मिलेर पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि अन्सारीले पार्टी परित्यागको निर्णय गरेका हुन्।

अन्सारीले सार्वजनिक गरेको पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको नाममा अन्ततः सत्ता र सुविधा खोज्नेहरू, अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएको उल्लेख गरेका छन्।