164
Shares
काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार राष्ट्रपति भवनमा भएको भेटमा राजदूत थम्पसनले राष्ट्रपति पौडेलसँग विदाइ शिष्टाचार भेट गर्नुभएको हो।
भेटका अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको प्रवक्ता शाक्यले जानकारी दिनुभयो।
राष्ट्रपति पौडेलले नेपाल–अमेरिका सम्बन्ध मजबुत बनाउन राजदूत थम्पसनले पुर्याएको योगदानको प्रशंसा गर्दै आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया