काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडाको मूल्य प्रतिकिलो १०५ देखि १२० रुपैयाँसम्म कायम गरिएको छ । गोलभेँडा ठूलो (नेपाली) ११०, ठूलो (भारतीय) १२०, सानो (लोकल) १०५, सानो (टनेल) १२० र सानो (भारतीय) ११५ रुपैयाँ रहेको छ ।
आलु रातो प्रतिकिलो ३२, आलु रातो (भारतीय) २६ र प्याज सुकेको (भारतीय) ४९ रुपैयाँमा कारोबार भइरहेको छ । गाजर (लोकल) ७५, गाजर (तराई) ६०, बन्दा (लोकल) ५५, बन्दा (तराई) ४५, काउली स्थानीय ७५ र काउली तराई ६० रुपैयाँ तोकिएको छ ।
यस्तै, भन्टा प्रतिकिलो ८०, मकै बोडी ५५, मटरकोसा ७०, घिउ सिमी (लोकल) १४०, करेला १३०, लौका ८० र घिरौँला १२० रुपैयाँ रहेको छ । फर्सी ४०, भिन्डी ११०, स्कुस ३५ र सखरखण्ड ७० रुपैयाँ कायम गरिएको छ ।
हरियो सागपाततर्फ रायोसाग ३०, पालुङ्गो ८०, तोरीको साग ५०, मेथीको साग ८० र हरियो प्याज ४५ रुपैयाँमा कारोबार भइरहेको छ । च्याउमा कन्य च्याउ १५०, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ स्याउ (फुजी) ३५०, केरा (दर्जन) २००, अनार ३५०, सुन्तला (नेपाली) १५०, जुनार १२०, भुइँकटहर प्रतिगोटा १५५ र काँक्रो (लोकल) १२० रुपैयाँ कायम गरिएको छ । स्ट्रबेरी ५००, किबी ३०० र एभोकाडो ३५० रुपैयाँ रहेको छ ।
मसला तथा अन्य सामग्रीमा अदुवा ९०, हरियो खुर्सानी १००, अकबरे खुर्सानी ४२०, लसुन (नेपाली) २२०, सुकेको खुर्सानी ४५० र हरियो धनियाँ ९० रुपैयाँ निर्धारण गरिएको छ ।
समितिले तोकेको यो मूल्य थोक बजारका लागि लागू हुने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया