143
Shares
काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
प्रहरी प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, अन्य २२ जना घाइते भएका छन्। मृतकको सनाखत अझै हुन सकेको छैन।
घाइतेहरूलाई नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पताल र सुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना भएको बस बा४ख ८७८८, नेचर हर्व संस्थाका कर्मचारी वनभोज खाएर फर्किँदै थिए।
बसमा जम्मा ४० जना सवार रहेको जानकारी छ।
📌 प्रहरी घटनास्थलको अनुसन्धान गर्दैछ, थप विवरण आउँदैछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया