चार महिने छोराको हत्या आरोपमा पक्राउ परेका असई कार्की कारागार चलान

170 Shares

काठमाडौं । चार महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कार्कीलाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको हो।

प्रहरीका अनुसार सिनामंगलस्थित आफ्नो डेरा कोठामा चार महिने छोराको घाँटी थिचेर तथा धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको थियो।

हत्या गरिएका शिशु ब्रेन ट्युमरको उपचार गराइरहेका थिए। उपचारको विषयलाई लिएर कार्की र उनकी श्रीमतीबीच विवाद भएको र त्यसपछि उनले छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कार्कीकी श्रीमती पनि नेपाल प्रहरीकै जवान रहेको बताइएको छ।