काठमाडौं । आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँगै मिलेर प्रतिष्पर्धा गर्ने भएका छन्।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले तीन दलबीच सहकार्य गर्दै निर्वाचनमा अघि बढ्ने निर्णय गरेको हो। कांग्रेसका नेता मिनबहादुर विश्वकर्माका अनुसार सहमतिअनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र लोसपाले १ सिट पाउने छन्।
विश्वकर्माका अनुसार कांग्रेसले पाउने ९ सिटमध्ये कोशी प्रदेशबाट सुनिल थापा, मधेश प्रदेशबाट अल्पसंख्यक प्रतिनिधि र दलित प्रतिनिधि चयन गरिएको छ। अल्पसंख्यकमा रञ्जित कर्ण र दलितमा रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको छ।
अन्य प्रदेशका उम्मेदवार यसप्रकार रहेका छन्—
बागमती प्रदेश : गीता देवकोटा
गण्डकी प्रदेश : जगत तिमिल्सिना
लुम्बिनी प्रदेश : चन्द्रबहादुर केसी, वासुदेव जंगली
कर्णाली प्रदेश : ललितजंग शाही
सुदूरपश्चिम प्रदेश : खम्मबहादुर खाती
नेता विश्वकर्माले नेपाली कम्युनिष्ट पार्टीले विभिन्न विषयमा असहमति जनाएपछि कांग्रेस र एमालेले सहकार्यमा अघि बढेको जानकारी पनि दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया