भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको विरोधमा अर्जेन्टिनामा प्रदर्शन

204 Shares

एजेन्सी । अर्जेन्टिनामा प्रदर्शनकारीहरूले भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप तथा राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीको प्रयासको विरोधमा प्रदर्शन गरेका छन्।

ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित विरोध प्रदर्शनमा सहभागी अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यबद्धता जनाएका हुन्।

प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न लक्षित अमेरिकी सैन्य अभियानको कडा शब्दमा निन्दा गर्दै त्यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएका छन्।