काठमाडाैं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ।
विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका केही कार्यकर्ताले नेता निधि लिंक रोडबाट कार्यालय परिसरभित्र प्रवेश गर्ने क्रममा अवरोध गरेपछि विवाद उत्पन्न भएको हो। सोही क्रममा नेता निधि र कार्यकर्ताबीच केहीबेर चर्काचर्की भएको बताइएको छ।
यसैबीच, विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको कुनै औपचारिक कार्यक्रम नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले विशेष महाधिवेशन पक्षधर समूहले सानेपास्थित पार्टी केन्द्रीय कार्यालय घेराउ गर्ने कुनै कार्यक्रम तय नगरेको दाबी गर्नुभयो।
घटनापछि केन्द्रीय कार्यालय परिसरमा केही समय तनावको अवस्था सिर्जना भए पनि स्थिति नियन्त्रणमा रहेको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया