वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश पुनः थप, आज साँझ ६ बजेसम्म लागू

133 Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यू आदेश पुनः थप गरेको छ।

प्रशासनले शान्ति–सुरक्षाको अवस्था अझै पूर्ण रूपमा सामान्य हुन नसकेको जनाउँदै कर्फ्यू अवधि बढाइएको जानकारी दिएको हो। मंगलबार दिउँसो जारी गरिएको सूचनाअनुसार मंगलबार साँझ ६ बजेसम्म कर्फ्यू लागू रहनेछ। यसअघि मंगलबार दिउँसो १ बजेसम्मका लागि लागू गरिएको कर्फ्यू आदेशलाई निरन्तरता दिँदै साँझ ६ बजेसम्म विस्तार गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न तथा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न कर्फ्यू अवधि थप गरिएको हो। यसअघि सोमबार साँझ वीरगञ्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो।